८ कार्तिक २०८३, आइतबार

थप १५ सय जना कोरोनामुक्त, निको हुनेको संख्या करिब ७९ हजार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असोज । नेपालमा गत २४ घण्टामा थप १ हजार ५ सय ३ जनाले कोरोना जितेका छन् ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३ जना संक्रमणमुक्त भएको जानकारी दिए ।

योसहित निको हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोा पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।

हाल देशभर ३५ हजार ९ सय १५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ६ सय ६३ जना पुगेको छ ।