
काठमाडौं, २७ असोज । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५५६ जना नयाँ संक्रमित थपिएका छन् ।
१५ हजार ७७७ जनाको नमूना संकलन गरी परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।
संक्रमतिमध्ये काठमाडौं उपत्यकामा मात्रै २ हजार १२९ जना छन् ।
यो सँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार हाल संस्थागत आइसोलेसनमा १५ हजार ४८ र होम हाइसोलेशनमा २० हजार ८६७ जना रहेका छन् ।
२४ घण्टामा कोरोना निको हुनेको संख्या १ हजार ५०३ रहेको छ । यस्तै हालसम्म निको हुनेको कुल संख्या ७८ हजार ७८० पुगेको छ ।
यस्तै कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म मृतकको कुल संख्या ६६३ पुगेको गौतमले बताए ।















प्रतिक्रिया