
काठमाडौं, २७ असोज । रिडी हाइड्रोपावर कम्पनीले बुटवलमा साढे ८ मेगावाटको सौर्य बिजुली उत्पादन शुरु गरेको छ ।
कम्पनीले २५ बिगाहा क्षेत्रफलमा सौर्य विद्युत् आयोजना निर्माण गरेर उत्पादन शुरु गरेको हो । ६ महिनाअघि नै प्रसारण लाइनमा उक्त बिजुली जोडने योजना भए पनि कोरोनाका कारण ढिला भएको आयोजनाको भनाइ छ ।
कम्पनीले १ वर्षअघि उक्त आयोजनाको संरचना निर्माण गर्न सुरु गरेको थियो । तर, कोरोनका कारण आयोजना निर्माणमा ढिलाइ हुँदा निर्धारित लागत भन्दा बढी खर्च भएको बताइएको छ ।
आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणलाई प्रतियुनिट ७ रुपैया ३० पैसामा विक्री गर्ने सम्झौता भइसकेको छ । उक्त आयोजनामा बैंक अफ काठमाडौंको अगुवाइमा सिटिजन्स र नेपाल बंगलादेश बैंकले ऋण लगानी गरेका छन् ।















प्रतिक्रिया