शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कोलकातालाई हराउँदै तेस्रो स्थानमा उक्लियो बैंलोर

दैनिक नेपाल २०७७ असोज २७ गते ७:०४

काठमाडौं, २७ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेञ्जर्स बैंलोरले पाँचौं जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

सोमबार राति भएको खेलमा कोलकातालाई ८२ रनले पराजित गरेपछि बेंलोर लिगको तेस्रो स्थानमा उक्लिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको बैंलोरले निर्धारित ओभरमा २ विकेट गुमाएर १९४ रन बनाएको थियो ।

बैंलोरको पहिलो विकेटका लागि आरोन फिन्च र देवदत्त पडिक्कलले ६७ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा पडिक्कल ३२ रन बनाएर आउट भए । २३ बल फेस गरेका उनले ४ चौका र १ छक्का प्रहार गरे ।

त्यसपछि फिन्चे व्यक्तिगत ४७ रन बनाएर आउट भए भने कप्तान विराट कोहली र एबीडेभिलियर्सले १०० रनको अभिजित साझेदारी गर्दै कोलकातालाई चुनौतीपूर्ण लक्ष्य दिन सफल भए ।

चौथो नम्बरमा ब्याटिङ गर्न आएका डेभिलियर्सले अर्धशतकीय पारि खेले उनले ३३ बल फेस गरेर ७३ रन बनाए । उनले ६ वटा छक्का तथा ५ वटा चौका प्रहार गरे । कोहलीले २९ बलमा ३३ रन बनाउँदा १ चौका प्रहार गरे । कोलकाताका आन्द्रे रसेल र प्रशिद्ध कृष्णले एक÷एक विकेट लिए ।

जवाफमा कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रनमा रोकियो । राम्रो सुरुवात गर्न नसकेको कोलकाताले २३ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ५१ रनमा दोस्रो विकेट गुमाएको कोलकाताले ५५ रनमा तेस्रो विकेट खेर फाल्यो । उसका मध्यक्रमका खेलाडी एकपछि अर्को गरी पेभेलियन फर्किए ।

कोलकाताको स्कोरबोर्डमा ६४ रन हुँदा उसका महत्वपुर्ण पाँच विकेट झरेका थिए । जसमा टोम बान्टोनले ८ रन बनाए भने शुभंम गिलले ३४ रनको योगदान गरे । यस्तै नितिश राना नौ रनमा आउट हुँदा इयोन मोर्गनमात्र ८ रनमा पेभेलियन फर्किए ।

यस्तै कप्तान दिनेश कार्तिक एक रनमा आउट हुँदा आन्द्रे रसेलले १६ रन बनाए ।

एकपछि अर्को विकेट गुमाएको कोलकाता अन्तिममा ११२ रनमा रोकियो । बलिङमा बैंलोरका लागि वाशिङ्टन सुन्दरले २ विकेट लिए । जितसँगै बैंलोरले ७ खेलमा १० अंक बनाएको छ । उसले अहिलेसम्म ५ जित र २ हार व्यहोरेको छ ।

यस्तै कोलकाताले सात खेलमा ४ जित र ३ हार छ । उसको ८ अंक रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित