८ कार्तिक २०८३, आइतबार

सरकारले जन अपेक्षाअनुसार नै काम गरिरहेको छ : सांसद सिग्देल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असोज । प्रतिनिधीसभाका सासंद केदार सिग्देलले अहिलेको सरकारले नै देशमा समृद्ध ल्याउने बताएका छन् ।

नेकपाको सरकार गठन भएपछि सरकारले दुरगामी लक्ष्यका साथ काम गरेको हुदाँ परिणाम आउन मात्र समय लागेको बताए । देशमा अस्थिर सरकारको विकल्पमा जनताले विश्वास गरेर नेकपालाई सुविधाजनक वहुमत दिएको हुदाँ सरकारले जनमतको कदर गर्दे देशमा सुशासन र समृद्धि ल्याउने बताएका हुन् ।

म्याग्दे गाँउपालिका वडा नं १ को वरचौरमा आयोजित जनता भेटघाटका कार्यक्रममा प्रतिनिधीसभाका सदस्य केदार सिग्दलले सो कुरा बताएका हुन् ।

कोभिड–१९ को वावजुद पनि जनताको रक्षाका लागी सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेको वताउनुहुदै अहिले हरेक वडामा स्वास्थ्य चौकी र हरेक गाँउ तथा नगरपालिकामा सुविधाजनक अस्पताल निर्माणका लागी शुरुवात भएको समेत उनले बताए ।

विकास निर्माण र जनचाहना अनुरुप परिणाम निस्कन केहि समय लाग्ने हुदाँ अवका केहि वर्षमा देखिने गरि नेकपाको सरकारको काम देखिने बताए ।

अस्थिरतामा रहेको देशलाई शुसासन कायम गरि विकासको गतिमा लानका लागी समय लाग्ने हुदाँ हत्तोत्साहित नहुन र आफनो आपनो ठाँउवाट सक्दो सहयोग गर्न पनि वहाँँले अपिल गरे ।

नेकपा म्याग्दे गााँउपालिका वडा नं का सचिव सोम वहादुर आलेको अध्यक्षतमा सम्पन्न भएको उक्त कार्यक्रममा आम जनताले विकास निर्माण र समस्याका वारेमा सासंद सिग्देललाई अवगत गराएका थिए ।