
काठमाडौं, २६ असोज । ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिनुपर्ने भएको छ ।
नेपाल ग्यास उत्पादक संघले उपभोक्तालाई अनिवार्य रुपमा रसिद लिन आग्रह गरेको हो । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले रसिद बिनाको सिलिन्डर नलिन आग्रह गरेको छ ।
यसअघि बागमती प्रदेशमा मात्रै तोकिएको सिलिन्डरको धरौटी मूल्य बुधबारदेखि दुर्गम जिल्लाबाहेक देशभर कार्यान्वयनमा आउने संघले जनाएको छ ।
नयाँ सिलिन्डरको उपभोक्ता धरौटी मूल्य २ हजार १०० रुपैयाँ कायम गरिएको र रसिद नभएका सिलिन्डरको दायित्व ग्यास उद्योगले नलिने पनि संघले स्पष्ट पारेको छ ।
यसअघि भरी सिलिन्डर ग्यासको मूल्य जथाभावी लिने गरिएको गुनासोपछि संघले खाली सिलिन्डरको धरौटी मूल्य तोकेको हो ।
यसअघि नै सिलिन्डर लिईसकेका उपभोक्ताले भने आफूले ग्यास किनिरहेको डिलरमा गएर रसिद लिन सक्ने बताइएको छ ।















प्रतिक्रिया