
सिन्धुपाल्चोक, २६ असोज । एक किलो नक्कली सुनसहित सिन्धुपाल्चोकमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका २ बस्ने १९ वर्षीय उमेश तामाङ र २६ वर्षीय अर्जुनबहादुर तामाङ रहेका छन् । उनीहरुलाई सुन जस्तै एक किलो धातुसहित प्रहरीले पक्राउ गरेको हो ।
सुनकोशी गाँउपालिका ७ डेढ किलोबाट जामुनेतर्फ जाने बाटोमा अवैध कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पहिले प्रहरीले उमेश तामाङलाई पक्राउ गरेको थियो। उनीबाट एक किलो लेखिएको सुन जस्तो देखिने पहेंलो धातु फेला पारेको थियो। सुन पसलमा जाँच गराउँदा उक्त धातु पित्तल भएको खुलेको हो।
फरार भएका अर्जुनलाई प्रहरीले लिसंखुपाखर गाँउपालिका ६ लामिडाँडाबाट पक्राउ गरेको थियो।
उनको प्रदेश ३-०२-००१ प ७४२४ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।















प्रतिक्रिया