८ कार्तिक २०८३, आइतबार

बिर्ता बजारमा निर्माण सम्पन्न इन्टरलक् पेवर्स ढलानको सांसद यादवद्वारा उद्घााटन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-दिपु वर्णवाल

वीरगञ्ज, २६ असोज । वीरगंज महानगरपालिका वडा नम्बर ४ बिर्ता बजारमा निर्माण सम्पन्न इन्टरलक् पेवर्स ढलानको पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले उद्घाटन गरेका छन् । स्था

नीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत संसदीय कोष बाट सम्पन्न भएको सड़क ढलान तथा नाला निर्माण कार्यको आज एक कार्यक्रम का बिच सांसद यादवले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै सांसद यादवले जन आपेक्षाअनुसार विकास निर्माण कार्यको गति बढ़ने बताए ।

आफूले यस क्षेत्रको र यस वार्डको बासीहरुसँग पाएको जनादेश अनुसार नै एतिहासिक बिर्ताबजार स्तरोन्नत्ति कार्य १ वर्षमै सम्पन्न भएको र वार्डको विकासका लागि जनताको जनचाहना अनुरुप विकास कार्यहरू सुरू गरेको बताए । अगामी दिनहरूमा पनि यस वडाको विकासको लागि नयाँ योजनाहरू बनाएर विकास कार्यलाई निरन्तरता दिईने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य करिमा बेगमले यस क्षेत्रको विकास निर्माण कार्यमा कुनै किसिमको कमि नआउने बताईन् उनले सांसद प्रदिप यादव जस्ता जुझारु युवा नेताको हरेक पाइलामा आफूसँगै लगेर क्षेत्र विकासमा सहयोग गर्ने बताएका थिइन् ।

त्यसै गरि कार्यक्रमका अध्यक्षता गरिरहेका वडा न.४ का अध्यक्ष जगत शाह कानुले यो वार्डको विकासमा अतुल्य सहयोग र साथ दिँदै आएका संघीय सांसद प्रदिप यादवलाई आभार व्यक्त गर्दै आफूलाई सो वार्डका जनताले विकासका निमित विश्वास गरेर मतदान गरेको हुनाले विकास प्रेमी नेतृत्व नै यो वार्डको पहिलो रोजाई रहने बताए ।

कार्यक्रममा वडा न. १६ का अध्यक्ष श्यामबाबु चौरसिया, समाजवादी युवा फोरमका केन्द्रीय सचिव सरोज यादव केन्द्रीय सदस्य प्रकाश शर्मा जनता समाजवादी पार्टीका एकाई सचिव दिपक साह नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने कार्यक्रमलाई मुकेश सिंहले सहजीकरण गरेका थिए ।