८ कार्तिक २०८३, आइतबार

करेन्ट लगाई माछा मार्ने ९ जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

तनहुँ, २६ असोज । बन्दीपुर गाउँपालिका ४ सानोडुम्रेस्थित चुँदीखोलामा अबैध रुपमा करेन्ट लगाई माछा मारेको अभियोगमा ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भानु नगरपालिका १ कल्याणटार बस्ने बिशाल परियार, सन्तोष परियार, श्रवण तामाङ, प्रदिप तिरुवा, श्याम भुजेल, राज कुमाल, प्रदिप कुमाल, बिनोद परियार र सम्राट तामाङ रहेका छन् ।

करेन्ट लगाई माछा मारिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई माछा मार्न प्रयोग भएको मेशिन तथा टाँगा सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई जलचर ऐन, २०१७ अनुसार आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय तनहुँमा उपस्थित गराएकोमा जनही ५ हजार रुपैयाँ जरिवाना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।