
काठमाडौं, २६ असोज । पछिल्ला दिनमा विभिन्न नाकाबाट काठमाडौं उपत्यका भित्रिने भन्दा बाहिरिनेको संख्या बढ्दै गएको छ ।
काठमाडौं उपत्यका भित्रि भन्दा बाहिरिने यात्रुको संख्या ५ हजार २६ जनाले बढी छ । ट्राफ्रिक प्रहरीका अनुसार गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी ४ हजार ५५६ वटा सवारीधनमा १६ हजार ९७२ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् ।
यस्तै सोही अवधिमा ५ हजार १०२ वटा सवारीसाधनमा २१ हजार ९९८ जना यात्रु उपत्यकाबाट बाहिर गएका छन् । आइतबार कुल ३८ हजार ९७० जना यात्रुले काठमाडौं उपत्यकामा आउजाउ गरेको प्रहरीको भनाइ छ ।
यसअघि शनिबार ३७ हजार २३० जना यात्रुले काठमाडौं आउजाउ गरेका थिए । शनिबार विभिन्न नाका प्रयोग गरी चार हजार ८४६ वटा सवारीसाधनमार्फत १८ हजार ७७ जना यात्रु उपत्यका भित्रिएका थिए भने ४ हजार ८२६ वटा सवारीसाधनमा १९ हजार १५३ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए ।















प्रतिक्रिया