
काठमाडौं, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपां)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ ।
उनीहरुबीच केहीबेर अघिदेखि भेटवार्ता शुरु भएको हो । आजको भेटमा पार्टीभित्र कर्णाली प्रदेशमा देखिएको ताजा विवाद तथा संघीय सरकारमा मन्त्री हेरफेरको विषयमा छलफल हुने बताइएको छ ।
नेकपाभित्र केन्द्रमा देखिएको विवाद केही हदसम्म साम्य भए पनि पछिल्लो समय प्रदेशस्तरमा विवाद शुरु भएको छ ।
कर्णालीमा आइतबार १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् भन बागमती प्रदेशमा पनि मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन भएको बताइएको छ ।















प्रतिक्रिया