शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

कोरोना संक्रमणबाट अमेरिकामा २ लाख १२ हजार जनाको मृत्यु

दैनिक नेपाल २०७७ असोज २६ गते ९:५७

वाशिङ्टन, २६ असोज । विश्वमा सबैभन्दा धेरै कोरोना प्रभावित देश अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख १२ हजार २२९ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ९१८ संक्रमितको मृत्यु भएको छ । अमेरिकामा हालसम्म ७५ लाख ८३ हजार ७४८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ५७ हजार ८२८ जनामा कोरोना देखिएको छ । पछिल्ला केही दिन यता अमेरिकामा कोरोना संक्रमितको संख्या झन् बढ्न थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित