७ कार्तिक २०८३, शनिबार

आइएमई अटोमोटिभ्सले ल्यायो यस्ता दशैँ तिहार विशेष अफर

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २५ असोज । नेपालका लागि एस्कर्ट्स कन्स्ट्रक्सन इक्वीपमेन्टको आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स् प्रा. लि. ले एस्कर्ट्स मेसिन खरिदका लागि दशैँ तिहारमा विशेष अफर ल्याएको छ ।

सो अफर अन्तर्गत कुनै पनि एस्कर्ट्स मेसिनको खरिदमा अब ग्राहकले यासुदा ब्राण्डको होम एप्ल्यान्स प्याकेज पाउनुको साथै थप डिस्काउन्ट पनि पाउनेछन् ।

आइएमई अटोमोटिभ्स्ले यो अफर दशैं तिहार र छठ पर्वलाई लक्षित गरि बजारमा ल्याएको कम्पनीले जनाएको छ । विशेष प्याकेजका साथै कम्पनीले फाईनान्सको सुविधाको पनि व्यवस्था गरेको छ । अहिलेको विषम परिस्थितीमा फाईनान्सको सुविधाले ग्राहक महानुभावहरुलाई अझ सहज हुने कम्पनीले जनाएको छ ।

एस्कर्ट्स ब्राण्डको पिक एण्ड क्यारी क्रेन नेपालमा सर्वाधिक लोकप्रिय र सर्वाधिक बिक्री हुने मेसिन हो साथै ब्याको लोडर, रोलर र कम्प्याकटर लगायतका मेसिनहरुको उत्पादन पनि बजारमा छन् ।

कम इन्धन खपत, मर्मत खर्च कम र उत्कृष्ट कार्यक्षमताले यो मेसिनहरु नेपालमा धेरै बिक्रि हुने गरेका छन् । एस्कर्ट्सले बिक्रिलाई मात्र नभइ बिक्रि पछिको सेवालाई जोड दिँदै नेपालको बजारमा राम्रो स्थान बनाउन सफल भएको हो ।