८ कार्तिक २०८३, आइतबार

बारी जोत्ने क्रममा गोरुले आक्रमण गर्दा एकजनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

सल्यान, २५ असोज । गोरुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन् ।

शारदा नगरपालिका –११ हिवल्चाका ५१ वर्षीय टिकाबहादुर रावतको मृत्यु भएको हो । बारी जोत्ने क्रममा शुक्रबार रावतलाई आक्रमण गरी गम्भिर घाइते बनाएकामा उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक रावतको पेटमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए । गोरुको आक्रमणबाट घाइते भएकी ५० वर्षीय गाजली रावतको सल्यान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । -रासस