
काठमाडौँ, २५ असोज । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचाररत ४० वर्षीया संक्रमित महिलाको आइतबार साँझ ५ बजे मृत्यु भएको हो ।
अस्पतालका अनुसार असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएको देखिएपछि उनलाई अस्पताल ल्याइएकोमा उनमा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनलाई आईसीयूमा राखेर उपचार गरिँदै थियो । उनका आफन्त सम्पर्कमा नआएका र ठेगाना पनि नखुलेको बताइएको छ ।
यसअघि आइतबार मात्रै भरतपुर अस्पतालमा दुई जना र चितवन मेडिकल कलेजमा एक जना गरी ३ जना संक्रमितको मृत्यु भएको छ ।















प्रतिक्रिया