८ कार्तिक २०८३, आइतबार

यो दशैँमा नयाँ नोट नपाइने

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असोज । यसपालिको दशैँमा बजारमा खुद्रा नयाँ नोट नआउने भएको छ ।

आइतबार नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस वर्षको दशैँमा नयाँ नोट नआउने जनाएको हो ।

राष्ट्र बैंकका कुनै पनि कार्यालय र बैंकहरुमार्फत समेत नयाँ नोट सटही नगरिने भएको सूचनामा उल्लेख छ ।

कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै भीडभाड हुनसक्ने र संक्रमण फैलन सक्ने स्थितिलाई ध्यानमा राखेर बैंकले नयाँ नोट सटही नगर्ने भएको जनाएको छ ।