
काठमाडौँ, २५ असोज । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या कबिर ५ हजार पुगेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म ४ हजार ९ सय ६३ जना प्रहरीलाई कोरोना संक्रमण भएको छ ।
जसमध्ये २ हजार १४ जना उपचाररत छन् भने २ हजार ९ सय ४९ जना डिस्चार्ज भइसकेका छन् ।
संक्रमितहरुमा प्रहरी प्रधान कार्यालयमै ३८५ जना कोरोनाका सक्रिय संक्रमित छन् भने काठमाडौँ उपत्यकामा ६८३ जना सक्रिय संक्रमित रहेका प्रधान कार्यालयले जनाएको छ ।
त्यस्तै, प्रदेश १ मा १६२ जना, प्रदेश २८५ जना, वाग्मती प्रदेशमा १४६ जना, गण्डकी प्रदेशमा १९१ जना,लुम्बीनी प्रदेशमा १८७ जना,कर्णाली प्रदेशमा ४८ जना र सुदूरपश्चिम प्रदेशमा १२७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।















प्रतिक्रिया