२ कार्तिक २०८३, सोमबार

थाइल्यान्डमा रेल र बस ठोक्किँदा १७ को मृत्यु, २९ घाइते

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असोज । थाइल्यान्डमा रेल र गाडी ठोक्किँदा १७ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आइतबार बिहान तीर्थयात्री बोकेको बस रेलमा ठोक्किँदा २९ जना घाइतेसमेत भएको जनाएका छन् ।

राजधानी बैंककदेखि दुई घण्टा पर रहेको मन्दिरतर्फ गइरहेको यात्रुबाहक बस रेलमा ठोक्किएको अधिकारीहरूले बताएका छन् ।

दुर्घटनामा परेका घाइतेको उद्धार गरिएको छ ।

मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।