
काठमाडौँ, २४ असोज । नेपालमा थप ५ हजार ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।
हाल देशभर ३० हजार ८ सय १८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ६ सय १४ जना पुगेको छ ।















प्रतिक्रिया