७ कार्तिक २०८३, शनिबार

ओपोद्वारा ‘दशैँ र तिहारको अफर’ एसएमएस क्याम्पेन २०२० को घोषणा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असोज । वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले समस्त नेपालीे महान चाडहरु बडा दशैँ तथा तिहारको शुभअवसरमा ‘दशैँ र तिहारको अफर’ एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ ।

उपहार योजनाअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर उत्पादनको आईएमईआई÷सीएमईआई÷डीसीकोड एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्नेछन् ।

‘वैश्विक कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रा लागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ । स्थानिय महान चाडहरु बडा दशैँ र तिहार, आदरणीय उपभोक्तासँग खुशी साट्दै मनाउने सोचका साथ हामीले ‘दशैँ र तिहारको अफर’ एसएमएस क्याम्पेनको घोषणा गरेका छौँ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

क्याम्पेन अवधिभर कुनै पनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले, फोनकालागि : ओपो ≤स्पेस≥ आईएमईआई र आईओटी उपकरणका लागि : ओपो ≤स्पेस≥ सीएमईआई वा डीसी कोड उल्लेख गरी ३७००१ नम्बरमा एसएमएस पठाउनु पर्ने हुन्छ । यसरी प्राप्त एसएमएस मार्फत हरेक चरणमा ५ जना भाग्यशाली विजेताको छनोट गरिनेछ ।

छनोटमा परेका मध्य पहिलो दूई चरण (अक्टोबर ८ देखि २२) सम्म प्रथम पुरस्कार विजेताले ओपो एफ १७ प्रो, द्वितिय पुरस्कार विजेताले ४१ एमएमओपो वाच, तृतीय पुरस्कार विजेताले ओपो एवान के स्मार्टफोन, चौथो पुरस्कार विजेताले ओपो डब्ल्यू ५१ र पाँचौँ पुरस्कार विजेताले ओपो डब्ल्यू ११ एक-एक थान जित्नेछन् ।

त्यसैगरी दास्रो चरण (नोवेम्बर ७ देखि १४) सम्म अथवा तेस्रो लक्कि ड्र मार्फत प्रथम पुरस्कार विजेताले ओपो एफ १७ प्रो, द्वितिय पुरस्कार विजेताले ओपो एफ १७, तृतीय पुरस्कार विजेताले ओपो एवानके स्मार्टफोन, चौथो पुरस्कार विजेताले ओपो डब्ल्यू ५१ र पाँचौँ पुरस्कार विजेताले ओपो डब्ल्यू ११ एक(एक थान जित्नेछन् । विजेताहरुको घोषणा क्रमशः अक्टोबर १७, २३ र नोवेम्बर १५का दिन ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिनेछ ।

क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वत अर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ ।

तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् । अक्टोबर ८ देखि सञ्चालनमा ल्याइएको यस उपहार योजना नोवेम्बर १४, २०२० सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।