शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

२४ घण्टामा विश्वभर थपिए ३ लाख ४८ हजारभन्दा बढी कोरोना संक्रमित

थप ६ हजार ४२४ जनाले ज्यान गुमाए, मृतकको संख्या १० लाख ६६ हजार ४१२ पुग्यो

दैनिक नेपाल २०७७ असोज २३ गते १२:५२

काठमाडौं, २३ असोज । पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ लाख ४८ हजार ६३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ३ करोड ६७ लाख ३८ हजार ६८९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा थप ६ हजार ४२४ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ६६ हजार ४१२ पुगेको छ ।

संक्रमितमध्ये ८० लाख ३२ हजार २४६ जना सक्रिय संक्रमित छन् । जसमध्ये ६७ हजार ८२० को अवस्था गम्भीर छ ।

अहिलेसम्म २ करोड ७६ लाख ४० हजार ३१ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७८ लाख नाघेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ६९ लाख नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५० लाख नाघेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

युरोपियन मुलुकमा ५७ लाखभन्दा बढी संक्रमित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित