१ कार्तिक २०८३, आइतबार

आँचल शर्मा र विकास लामिछाने फिचर्ड म्यूजिक भिडियो ‘के दिउँ खै’ सार्वजनिक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । नयाँ म्यूजिक भिडियो ‘के दिउँ खै’ सार्वजनिक भएको छ ।

आँचल शर्मा र विकास लामिछाने फिचर्ड गीतमा मेलिना राईको स्वर, एकनारायण भण्डारीको शब्द र आशिस अविरलको संगीत सुन्न सकिन्छ ।

रोमान्टिक शैलीको म्यूजिक भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । सञ्चारकर्मी समेत रहेका आचार्य पछिल्लो समय म्यूजिक भिडियो निर्दशनमा व्यस्त छन् ।

म्युजिक भिडियोमा अनायसै आफ्नो प्रेमीलाई भेटेपछि अत्तालिएकी प्रेमिकाको मनोभावलाई प्रस्तुत गरिएको छ ।

कर्णाली इन्टरटेनमेन्टले निर्माण गरेको म्यूजिक भिडियोमा उत्सव दाहालको छायाँकन, नवीन निरौलाको सम्पादन, राजिव समरको कोरियोग्राफी रहेको छ ।

हेर्नुहोस् भिडियो–