शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

लिबियामा ७ जना भारतीय नागरिकको अपहरण

दैनिक नेपाल २०७७ असोज २३ गते ११:४१

लिबिया, २३ असोज । भारतका ७ जना नागरिक लिबियामा अपहरणमा परेका छन् ।

लिबियाको निर्माण तथा तेल प्रशोधन केन्द्रमा कार्यरत भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका ७ जना नागरिक अपहरणमा परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारत फर्कनका लागि त्रिपोली विमानस्थल जाने क्रममा उनीहरु अपहरणमा परेका खबरमा उल्लेख छ । भारतीय विदेश मन्त्रालयले उनीहरुलाई अपहरणमुक्त गर्न लिबियाली सरकारसँगै अन्तर्राष्ट्रिय संघसस्थालाई आग्रह गरिएको भन्दै सकुशल देश फर्काउने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित