
काठमाडौं, २३ असोज । काठमाडौंको टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि नगर उप–प्रमुख डंगोलले फेसबुकमा मार्फत् आफूलाई कोरोना संक्रमण भएको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सचेत रहन आग्रह गरेकी छिन् ।
सोमबार घाँटी दुखेर कमजोरी महसुस भएपछि परीक्षण गराएकी उनको बिहीबार कोरोना पोजेटिभ देखिएको हो ।















प्रतिक्रिया