
काठमाडौं, २२ असोज । माल्टा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी ४८ लाख ९८ हजार रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीइले पक्राउ गरेको छ ।
सुनसरी बराहक्षेत्र नगरपालिका–९ प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको बताएको छ । उक्त रकम ठगी गरी फरार भएका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा सुनसरीबाट उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।















प्रतिक्रिया