शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कर्मचारीमा कोरोना देखिएपछि एन्फाको कार्यालय ३ दिनका लागि बन्द

दैनिक नेपाल २०७७ असोज २२ गते १३:५४

काठमाडौं, २२ असोज । अखिल नेपाल फुटबल सङ्घ एन्फाको कार्यालय ३ दिनका लागि बन्द गरिएको छ ।

केही कर्मचारीमा कोरोना पुष्टि भएपछि ललितपुरको सातदोबाटोस्थित कार्यालय आज बिहीबारदेखि ३ दिनका लागि बन्द गरिएको एन्फाले जनाएको छ । कार्यालय ७२ घण्टासम्म निःसंंक्रमण गर्न लागिएको एन्फाले निकालेको सूचनामा उल्लेख छ ।

सङ्क्रमितको सम्पर्कमा आएका कर्मचारीलाई एक हप्ता होम क्वरेन्टिनमा बस्न भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित