१ कार्तिक २०८३, आइतबार

आफ्नै पत्नीको उजुरीपछि पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवका पीए पक्राउ

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । जनता समाजवादी पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवका निजी सचिव (पीए) पक्राउ परेका छन् ।

आफ्नै पत्नीले गम्भीर अभियोगसहित प्रहरीमा उजुरी दिएपछि यादवका पीए महेशकुमार तमौली (महेश चौरसिया) पक्राउ परेका हुन् । उनकी पत्नीको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पीए चौरसियाविरुद्ध उनकै पत्नीले विद्युतीय अपराध (साइबर अपराध) को उजुरी दिएकी छिन् । आफूविरुद्ध गम्भीर अपराध गरेको भन्दै पत्नीले उजुरी दिएपछि काठमाडौं प्रहरी परिसरले चौरसियालाई असोज ८ गते नियन्त्रणमा लिएको बताइएको छ ।

उनलाई सुरुमा ५ दिन म्याद थप गरिएको थियो । असोज १२ मा पुनः १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

राठौरका अनुसार चौरसियाले श्रीमतीलाई धम्कीपूर्ण र गालीगलौजयुक्त म्यासेज पठाएको र सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको हो ।

चौरसियाविरुद्ध परेको उजुरीमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । चौरसियाले श्रीमतीलाई फेसबुक र म्यासेन्जरमा गालीगलौज र धम्की दिएको देखिएको छ । बाँके प्रहरीमा उजुरी परेको र सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।