१ कार्तिक २०८३, आइतबार

गायिका शान्तीश्री परियारलाई पहिलो गासमै ढुंगा ! (हेर्नुहोस् भिडियो)

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । चर्चित लोक गायिका शान्तीश्री परियार र ऋषिराम खड्काको गीत ‘ढुंगा लाग्यो पहिलो गाँसैमा’ सार्वजनिक भएको छ ।

माया पिरतीमा पारिवारिक बाधा आइपरेपछि सृजना हुने परिस्थितिको कथामा केन्द्रित उक्त गीतमा शब्द लय ऋषिराम खड्काको रहेको छ । भने स्वर स्वयं खड्का र शान्तीश्री परियारले दिएका छन् ।

प्रिन्शा इन्टरटेन मार्फत भर्खरै बजारमा आएको उक्त गीतको म्यूजिक भिडियोमा मोडल आयुष्मा कार्की र ऋषिराम खड्कालाई फिचरिङ गरिएको छ । मदन खड्काको निर्देशनमा बनेको म्यूजिक भिडियोको छायांकन हरिस महराले गरेका हुन् ।

तरंग डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ गायक तथा मोडल जय देवकोटा र रामदीप राम्जालीले गरेका हुन् ।

हेर्नुहोस् भिडियो–