
काठमाडौं, २२ असोज । चलचित्र ‘आमा’ मा जीवन्त अभिनय प्रस्तुत गरेकी अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्तको अभिनय रहेको गीत ‘आमा’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्तको फेरि एक पटक जीवन्त अभिनय देख्न सकिन्छ । गीतमा आफ्नो सन्तानलाई मस्तिष्क पक्षघातले निम्त्याएको पीडा र परिवारमा पर्न गएको पीडा देखाउन खोजिएको छ ।भिडियोमा मस्तिष्क पक्षघात भएका सन्तानको भविश्यको चिन्ता बोकेकी आमाको कथा प्रस्तुत छ ।
चलचित्र गायिका अन्जु पन्तको स्वर रहेको सार्वजनिक गीतलाई नरेश प्रधानले लेखेका हुन् । गीतमा हरि लम्सालको संगीत तथा एरेन्ज रहेको छ । स्टुडियो साउन्ड मिलमा रेकर्डिङ गरिएको गीतलाई महेश्वर मान राजभण्डारीले मिक्सिङ र मास्टरिङ गरेका छन् ।
यस्तै अनुप चापागाईको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् भने बुनु श्रेष्ठले गीतलाई को–अडिनेटर गरेकी हुन् । पछिल्लो केहि वर्ष यता गायिका बुनु श्रेष्ठ र नरेश प्रधानले मस्तिष्क पक्षघातसम्बन्धी जनचेतनामुलक गीत मार्फत समाजलाई योगदान पुर्याउँदै आएका छन् ।
गीतलाई साउन्ड मिलको अफिसियल युट्यूब मार्फत सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो–















प्रतिक्रिया