
काठमाडौं, २२ असोज । जीओ अटोमोबाइल्स प्रालि (जिओ फोर्ड) ले ‘ फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याएको छ ।
फोर्डमा भएको शक्ति प्रमाणित गर्न र ग्राहकहरुलाई यसको इन्जिनको शक्ति अनुभव गराउन, फोर्डले फोर्ड इकोस्पोर्ट पावर च्यालेञ्ज योजना ल्याएको कम्पनीले बताएको छ ।
फोर्ड इकोस्पोर्ट लोकप्रिय कम्प्याक्ट एसयूभी, बहुआयमिक तवरले लोकप्रिय एसयूभी हो र यसको २०२० मोडेलमा बहुमुखी प्रतिभा र क्षमता प्रदान गर्दै थप परिष्कृत स्टाइल र टेक्नोलोजीका साथ नेपाली ग्राहकका लागि उपलब्ध छन् ।
१ हजार ५०० सीसी ड्र्यागन सिरीज इन्जिन जडिट, १२२ पीएसपावर प्रदान गर्ने इकोस्पोर्ट एसयूभी क्षेत्रमा सबैभन्दा शक्तिशाली एसयूभी भएको कम्पनीको दाबी छ ।
ग्राहकले यस योजनामा भाग लिन, न्यूनतम रकममा फोर्ड इकोस्पोर्ट बुक गर्नु पर्ने छ । ग्राहकले यस सेगमेन्टको अरु कुनै पनि गाडी चुनौतीको लागि रोज्न सक्दछन र फोर्ड इकोस्पोर्टसँग पावर र पिकअपमा ठाडो उकालो सडकमा चुनौती दिनसक्ने छन् ।
कम्पनी यति विश्वस्त छ कि यदि इकोस्पोर्टले सेगमेन्टमा प्रतियोगीलाई हराएन भने ग्राहकले बुकिङ रकमभन्दा दोब्बर रकम फिर्ता पाउने छन् ।















प्रतिक्रिया