शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ५० लाख नाघ्यो, मृतक कति ?

दैनिक नेपाल २०७७ असोज २२ गते ८:१०

ब्राजिल २२ असोज । कोरोना सङ्क्रमित धेरै भएको देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख नाघेको छ ।

गएको २४ घण्टामा मात्रै साढे ३१ हजार जना नयाँ संक्रमित थपिएर कुल संक्रमितको संख्या ५० लाख ६९४ पुगेको छ । बीबीसीका अनुसार सङ्क्रमित धेरै भएका देशको सूचीमा ब्राजिल तेस्रो स्थानमा भए पनि ज्यान गुमाउनेको सूचीमा भने दोस्रो स्थानमा छ ।

ब्राजिलमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या करिब डेढ लाख पुगेको छ । अहिलेसम्म ब्राजिलमा १ लाख ४८ हजारभन्दा धेरैको ज्यान गएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

सङ्क्रमितको हिसाबले ब्राजिलभन्दा अघि संयुक्त राज्य अमेरिका पहिलो र भारत दोस्रो स्थानमा छन् । अमेरिकामा अहिलेसम्म ७७ लाख ७२ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १६ हजारको ज्यान गएको छ । ४९ लाख ७४ हजार निको भएका छन् । यस्तै ६८ लाख ३२ हजारमा कोरोना पुष्टि भएको भारतमा १ लाख ५ हजारको ज्यान गएको छ ।

प्रतिक्रिया
सम्बन्धित