१ कार्तिक २०८३, आइतबार

आजको मौसम पूर्वानुमान : न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा परिरहेको छ ।

उक्त प्रभावका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली भइरहेको महाशाखाले बताएको छ । सोही अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ ।

यस्तै, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । त्यसैगरी बिहीबार राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।