८ कार्तिक २०८३, आइतबार

वागमती सरकारद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड सहयोग

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असोज । वागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम सहयोग गरेको छ ।

वुधबार हेटौँडामा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ गरेको कामको प्रशंसा गरे ।

मुख्यमन्त्री डोरमणी पौडेलले सरकारले सहयोग जारी राख्ने बताउँदै भने, ‘आगामी वर्षलाई पनि सरकार छ भन्ने सम्झनु ।’