
काठमाडौँ, २१ असोज । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जीव दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
जुनीचाँदे गाउँपालिका वडा नं. १ औलभीरमा १ ज ९३५ नं. को जीप दुर्घटना हुँदा वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित ५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शाहीसहित स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेत रहेका जाजरकोट प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा २ जना बेपत्ता रहेका छन् भने स्थानीय एक जना गम्भीर घाइते भएका छन् ।
जुनीचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि वडाध्यक्षसहति सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदा जीप दुर्घटना भएको थियो । जीप औलभीर सडकबाट ७ मिटर तल मजकोट खोलामा खसेको प्रहरीले जनाएको छ ।
उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया