शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सुन्दर लहर

हिरा खड्गी २०७७ असोज २१ गते १४:३४

-हिरा खड्गी

वर्षा याम पछि काठमाडौँको उत्तरी भेगमा जब बादलहरू हटेर निला आकाश र सेता हिमाल देखिन थाल्छ । तब मनमा एक किसिमको रमाहतको अनुभुति हुन्छ ।

सेप्टेम्बर महिनाकको शुरूबाट नै प्राय आकाश सफा हुंदछ। यो मेरो लागी अत्ति नै प्रय मौसम हो। संसारको जुनै ठाउँमा गए पनि यतिबेलाको मौसमको अभाव मनमा खड्क्की रहन्छ। मलाई व्यक्तिगतरूपमा मन पर्ने रितु हो। पारिलो घाम र निलो आकाशमा उडुंउडउं झै लाग्छ ।

बालक छंदा दशैंको समयमा चङ्गा उडाउन खुब मन पर्थ्यो। यो खाल्डोमा अहिलेको जती घरहरु बनि सकेको थिएन । धान रोप्ने खेतहरूबाटै सफा हिमालहरूका धारहरू प्रष्ट देखिन्थियो।

त्यतिबेला पनि यो बालक मस्टिकष्ले सोच्द थियो की यो नेपाल देश भन्ने कति सुन्दर छ। पर पहाडका भित्तहरू पछि के छ होला भन्ने कौतोहोल सानो दिमागमा संधै रहेको थियो। अनि लाग्थ्यो, यो काठमाण्डौ खाल्टो भन्दा अर्को कुनै संसार नै छैन ।

धानको बालाले छरेको सुग्न्ध मलाई प्रिय लाग्थियो। मन्द गतिमा चल्ने हावाले पसिनालाई मात्र होइन मनलाई पनि सितल तुल्याउँथियो ।

यहाँका बिशाल र अटल हिमालहरूले बर्षा यामले पारेको नोक्सालाई पनि शरद यामले ल्याउने मनमोहक दृष्यले हिजोको कठिन समयलाई चट्टक्कै भुलाई दिन्थ्यो ।

मन आनन्द हुन्थियो। नयाँ फुर्ति आउँथियो। यो काठमाण्डौं जस्तो शहर संसारको कुनै पनि शहरसंग तुलना गर्न म सक्दै सक्दिन। यसको आफ्नै कथा छ।

इतिहांस छ। जस्तो भएपनि यो मेरो पनि मन पर्ने शहर हो। अनि यहि शहरमा लाखौका जिवन गाथा र कथाहरू जोडिएका छन् । यो देश नेपालको सुन्दर लहरले कस्लाई पो मोहित गर्दैन होला र।

जिन्दगीका आधा उमेर मैले पनि यही शहरमा बिताएको छु। न्युरोड र असनका गल्लीहरूका नेवारी खाजा, छ्यईला(बाजी, आचार खाएको छु। पाटनको बारा र पिरो आलु खाएको छु ।

हरेक घरका एक छोरा वा छोरी बिदेशी भुमिमा श्रम होस् या अन्य थोक बेच्न बाध्यतामा परेका छौं, परिएको छ । प्रत्येकको घरमा केही सुख पनि ल्याएको छ । तर अधिकाम्स घरहरू तहसनहस भएको देखिएको छ, सुनिएको छ ।

अनि भक्तपुरको जुजु धौ खाएर त्यसको स्वाद मनमा संधैको लागि साँची राखेकोछु। म पनि यो शहर एक हिस्सा बनेकोछु। यो शहरको राजनिति र बिकासको परिवर्तनले मलाई पनि संसारको कुना कुनासम्म हुत्याइ दिएकोछ। अनि जिन्दगीलाई फरकफरक ढंगले बुझाएकोछ ।

राजनिति र यहाँको सुस्त बिकास र चेतानाले हामीलाई आफ्नो देश भन्दा बाहिर जान बिवस तुल्याएको छ। देशको सम्भावनाहरूको सदुपयोग गर्न नसकेर एकाईसौ शताब्दीका आधुनिक दासहरू बन्न पुगेका छौं ।

हरेक घरका एक छोरा वा छोरी बिदेशी भुमिमा श्रम होस् या अन्य थोक बेच्न बाध्यतामा परेका छौं, परिएको छ । प्रत्येकको घरमा केही सुख पनि ल्याएको छ । तर अधिकाम्स घरहरू तहसनहस भएको देखिएको छ, सुनिएको छ ।

हामीले कस्तो खुशीहरू खोज्दै छौं ? सम्भव नै नभएर हामी बिदेशिन बाध्य भएका छौं त? कि हामीलाई आफ्नै देशमा अलिक मेहनत गर्न शरम लाग्छ? के कुरा छ यो देशमा जुन हामी चाहेर पनि केही गर्न सक्दैनौ ।

अनि त्यही कुरा हामी बाहिर सजिलै गर्न सक्छौं? यदी हामी रूपैया पैसाले मात्र खुशी आउँछ भनेर भन्छौं भने त बिेदेशमा बसेर आएको रेमिटेन्सले परिवारहरू र आफन्तहरू खुशी हुनु पर्ने हो !

तर त्यो पनि भएको छैन । देखिएको छैन। खुशी खोज्दा खोज्दै मानिस भित्रभित्र दुखी भइ रहेको चाल पाएका छौनौं हामीले। के हामी यस्तै खाले समुदायमा रमाएर बस्न मन पर्ने मानिसहरूका बर्गमा पर्छौ? होइन भने हामीसंग अरू के बिकल्प छ त?

राजनितिक संरचना, प्रवित्तीलाई मात्र सबै भार बोकाएर हामी आफै पन्छिने सजिलो बाटो बनाएका छौं। आफ्नो परिवार र नातागोता बाहेक हामी देशको समग्रह रूपमा असल हुन र गर्न सक्दैनौं ।

हामी व्यक्तिबिशेष भएकोमा के फरक छ र? राजनितिले ठुलो क्षेत्रमा सफा पानी धमिलो बनाएको छ भने हामी आफैले पनि स-सानो क्षेत्रमा त्यही खेल खेलि रहेका छौ ।

उसो भए किन राजनिति र संरचनालाई मात्र दोष दिएर बस्छौं? स्वार्थ (सेल्फिस) जिनको प्रयोग गर्न हामी माहिर छौं, भने संरचना बनाउने क्षेत्रमा चै किन चुपचाप तमाशा हेरि बस्ने भन्ने प्रश्न उब्जिनु स्वभाविक हो। जात, धर्म, वर्ग, संस्कारले मात्र हामीलाई पछि परेको हो भन्ने मलाई लाग्दैन।

व्यक्तिहरूले जब संरचालाई तोडमोड (मोनिपोलिशन) गरि निजी हितको लागी मात्रै सोच्ने क्षमता भएको, पश्चताप हुने भए पनि लुकाउन सक्ने क्षमता राख्न सक्ने बाहदुर नेपाली भएको र समग्रह देशको सुन्दर भविष्य प्रति नाकरात्मक सोचको प्रतिफल हो भन्ने लाग्छ।

परिवारको खुशी, श्रिमतीको खुशी अनि आफ्नो खुशी खोज्दा खोज्दै, कति धेरै बिदेशबाट लाशहरु बाकसमा फिर्ता आए। कतिका जिवन अशक्त भएर आए। परिवार एकातिर भए, आफु अर्कोतिर ।

जोगाउने कोशिस गरेका धन सम्पत्ति र परिवारहरू बिच्ल्लित हुन पुगेको अवस्था छ। सबै कुरा भएर परिवारनै नहुंदा खुशीहरू कहाँबाट खोज्ने! बजारमा पाईने खुशीहरू रूपैयाँ पैसामा साट्न सकिन्न। बैकल्पिक सोच र कार्यबिना खुशी भेत्न कठिन हुन्छ।

नेपाल देश आफै यत्ति सुन्दर छ। यसमा केही कमी खासमा छंदैछैन। छ भने हामीलाई खाली सफा मनको मानिस, उत्साह दिने मानिस, कम्जोर अवस्थामा भएकाहरूलाई उठाउने हृदय भएका मानिस, केही इमान्दारी मानिस, समृद्धी देख्ने मात्र होइन, तर निरन्तर जोश, हौसाल दिने मानिस, भएको चेतनालाई उचित रुपमा प्रयोग गर्न सक्ने मानिस। शान्ति र मेलमिलाप ल्याउन सक्ने मानिसहरूको लहर चहिएकोछ। कोही छ त्योस्तो मानिस यो सुन्दर देशमा ?

कहिले कहीँ लाग्छ झन्दै तीन करोड जन्तामा ती मानिसहहरू कहाँ लुकेर बसेका छन। के साँच्चै नै यो देशमा यस्ता मानिसहरूको जन्म हुंदैन त ?

सायद, हाम्रा नेपाली दाजुभाई, दिदी बहिनी बिदेशिन पर्ने थिएन होला। परिवारसंग बिछोडिएर एक्लैएक्लै बस्नु पर्ने थिएन होला। कति आमाका आँशुहरू थाम्ने थियो होला।

हामी सबै त्यस्तै नै हौं जस्तो हामी आफैलाई सोचि रहेकाछौं? ममा के फरक छ जो एक अइमान्दार मानिस भन्दा म फरक हुन सक्छु बन्न सक्छु।

जबसम्म हामी यो सारल कुरा सोच्न सक्दैनौ तबसम्म हामी कही पनि पुग्दैनौ। जसरी व्यक्ति व्यक्ति मिलेर समाज बनेको छ, त्यसरी नै समाजहरू मिलेर राष्ट बन्ने हो। प्रत्येक व्यक्तिका निजी स्वर्थले दिर्घकालिन असर पर्छ। यो सामान्य ज्ञानको कमी सायद हामी भित्र र समाजमा लुकेर बसेकोछ।

यस्ता प्रश्नहरूले मलाई मात्र होइन हामी सबैलाई प्रत्येक दिन सोच्न बाध्य तुल्याउँछ होला। अनि पलायनका सरल बिकल्पहरू हाम्रो सामु आइ पुग्छ।

यो नेपाल देश, काठमाण्डौं खाल्डो र यसको पुरातन जति सुन्दर छ, त्यतिनै थोरै हाम्रो मन,बिचार र गर्ने कृयाकलापहरू पनि सुन्दर भइ दिएको भए ।

सायद, हाम्रा नेपाली दाजुभाई, दिदी बहिनी बिदेशिन पर्ने थिएन होला। परिवारसंग बिछोडिएर एक्लैएक्लै बस्नु पर्ने थिएन होला। कति आमाका आँशुहरू थाम्ने थियो होला।

कति नाबालकहरू खुशी र उत्साहले आफ्नै अधि उफ्रि नै रहन्थे होला। कतिका श्रिमातीहरू( श्रिमानहरूको मनमा शान्त र ढुक्कले सास फेर्न पाउँथे होला।

स-साना खुशीहरूमा नै रमाउँथे होला। हामी आफै पनि नेपाली हुँ भनेर गर्व गर्थ्यौ होला अनि “यो नेपाली शिर उचाली संसारमा लम्किन्छौं“ भनि एकै स्वरका साथ गाउँथ्यौं होला। हाम्रो स्वभिमानलाई बचाई राख्थियो होला।

मैले बालापनमा देखेको हिमालले मलाई पनि सम्मान गर्थ्योहोला । मलाई हेरेर त्यो अटल र बिशाल चन्द्र र सुर्यले संधै मुस्कराई रहेको हुन्थ्यो होला । हिमालका ती सुन्दर लहरहरूले मलाई अंगालोमा बेरि राख्थियो होला ।

प्रतिक्रिया
सम्बन्धित