८ कार्तिक २०८३, आइतबार

वर्ल्ड भिजनद्वारा स्वास्थ्य संस्था र प्रशासनहरूलाई १२०० भन्दा बढी पीपीई सहयोग

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असोज । देशमा कोरोनाभाइरसकोे संक्रमण बढ़ेसँगै मानवीय संस्था वर्ल्ड भिजन इन्टरनेशनल नेपालले काठमाडौं, उदयपुर, महोत्तरी र रौतहट जिल्लाहरूमा कोभिड–१९अस्पतालतथा स्थानियतहका स्वास्थ्य सेवा प्रदायकलाई लक्षित गरी १२०० भन्दा बढी व्यक्तिगत सुरक्षात्म कउपकरण (पीपीई)सहयोगगरेको छन् ।

वीरेन्द्र सेना अस्पतालको संकट व्यवस्थापन समितिलाई १५०, बीर अस्पताललाई ३०० र पाटन अस्पताललाई १५० पीपीई सेट हस्तान्तरण गरिएको हो । यस्तै, उदयपुर, महोत्तरी र रौतहटका जिल्ला समन्वय समितिलाई १५२, ६० र ६० क्रमस रुपमा पीपीई सेट हस्तान्तरण गरिइएको छ ।

प्रत्येक पीपीई सेटमा सेनिटाइजरसहित १२ अलग–अलग सुरक्षात्मक उपकरणहरू छन् । वल्र्ड भिजनले थप३६९पीपीई यसै हप्ता कैलाली, डोटी, अछाम र सर्लाहीका जिल्ला समन्वय समितिलाई हस्तान्तरण गर्नेछ ।

स्वास्थ्यकर्मीहरुलाई पीपीईको बढ्दो आवश्यकता रहेकाले जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला समन्वय समितिको समन्वयमा वितरण गरिएको हो ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक जेनिस गिन्टिङ्गका अनुसार “एक सक्रिय साझेदारको रूपमाहामी यस वर्षको अप्रिल देखि विभिन्न माध्यमहरू मार्फत कोभिड–१९नियन्त्रण गर्न नेपाल सरकारलाई सहयोग गरिरहेका छौँ । कोभिडले निम्त्याएको परिस्थितिले स्वास्थ्य संस्थाहरु निक्कै संवेदनशिल अवस्थामा छन् । यस्तो परिवर्तित अवस्थामा निश्चित रूपले स्वास्थ्य संस्था र प्रशासनहरूको तत्कालका आवश्यकताहरू पूरा गर्न अवश्य पनि मद्दत गर्नेछ ।”

यसभन्दा अघि वल्र्ड भिजन इन्टरनेशनल नेपालले ९०दिने कोभिड–१९ आपतकालीन प्रति कार्य परियोजना अन्तर्गत १५ जिल्ला (बझाङ्ग, अछाम, डोटी, कैलाली, जुम्ला, लमजुङ, ललितपुर, काठमाण्डौँ, सिन्धुली, उदयपुर, रौतहट, महोत्तरी, सर्लाही, मोरङ र सुनसरी)मा १०५,००० बालबालिका, ७१,००० वयस्क र १३९,००० परिवारहरूलाई सहयोग पुर्याएको थियो ।

अप्रिल २०२०मा नेपालमा कोरोनाभाइरसका घटनाहरू बढेसँगै वल्र्ड भिजनले नेपाल सरकारको आवश्यकतालाई ध्यानमा राख्दै कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रणा तथा व्यवस्थापन गर्न मद्दत गर्न १३० इन्फ्रारेड थर्मोमिटरसहित १,००० थान पीपीई स्वास्थ्यतथा जनसंख्या मन्त्रालयलाइ सहयोग गरेको थियो ।