
पर्सा, २१ असोज । पर्सा प्रहरीले ८ किलो अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।
मंगलबार राति पर्सा कालिमाई गाउँपालिका–१ का २९ वर्षीय खोवारी प्रसादलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
अफिम उनले भारत लैजान खोजेका थिए । सो अफिम मकवानपुरबाट ल्याइएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।
मकवानपुरबाट पर्सा, बारा हुँदै गाँजा र अफिम भारततर्फ तस्करी अत्यधिक हुँदै आएको छ ।















प्रतिक्रिया