१ कार्तिक २०८३, आइतबार

तनहुँ र म्याग्दीका शिक्षक तथा आर्मीसहित गण्डकीमा थपिए ४ जना नयाँ संक्रमित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २१ असोज । गण्डकी प्रदेशमा बुधबार बिहान थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बुधबार प्रदेशका तनहुँ र म्याग्दी जिल्लाका ४ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा तनहुँ ब्यासका स्थानीय स्कुलका ५१ वर्षीय शिक्षक, ब्यास १२ का कृषि सामाग्री कम्पनी लिमिटेडका पुरुष कर्मचारी तथा म्याग्दीको बेनीमा कार्यरत ३० र ३६ वर्षका आर्मी रहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित को संख्या ४ हजार ३ सय १३ पुगेको छ ।