१ कार्तिक २०८३, आइतबार

बुबाको हत्या गर्ने छोरा पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, २१ असोज । ३ दिनअघि गुल्मीमा निर्घात कुटपिट गरेर आफ्नै बुबाको हत्या गरी फरार हत्यारा छोरा पक्राउ परेका छ्न् ।

जिल्लाको इस्मा गाउँपालिका–४ दोहली बाझ गाउँका ६० वर्षीय दिलबहादुर बस्नेतलाई २८ वर्षीय छोरा अनिल बस्नेतले गएको आइतबार हत्या गरेका थिए ।

फरार भएका उनलाइ हर्पुकोट गाउँस्थित फुपू मुसी कुँवरको घरमा लुकेर बसेको अवस्थामा मंगलबार पक्राउ गरिएको प्रहरीले बताएको छ ।

घटनाका बेला बुबा छोरा दुवै मदिराको मातमा थिए । बारम्बार घरबाहिर गइरहने छोरालाई सम्भाइबुझाई गर्ने क्रममा उक्त घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।