
काठमाडौं, २१ असोज । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरमा रहेको स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ती (एक्विजिसन) गर्ने भएको छ ।
ग्लोबल आईएमई लघुवित्त सञ्चालक समितिको मंगलबार बसेको ११८औं बैठकले उक्त निर्णय गरेको हो । निर्णयलगत्तै मंगलबार नै दुई संस्थाबीच सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत सम्पन्न भएको छ ।
उक्त सहमतिपत्रमा ग्लोबल आईएमई लघुवित्तका अध्यक्ष बुद्धि अकेला र स्पर्श लघुवित्त वित्तीय संस्थाका अध्यक्ष प्राडा सुशीलभक्त माथेमाले हस्ताक्षर गरेका छन् ।















प्रतिक्रिया