१ कार्तिक २०८३, आइतबार

सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन खुला

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । सानिमा जनरल इन्स्योरेन्सले आज बुधबारदेखि सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको हो । कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ ।

बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् । कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटलले बताएको छ ।