सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

आईपीएल क्रिकेट : राजस्थान रोयल्स ५७ रनले पराजित, मुम्बई शीर्ष स्थानमा

दैनिक नेपाल २०७७ असोज २१ गते ७:१७

काठमाडौं, २१ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्स शीर्ष स्थानमा पुगेको छ ।

यूएईमा जारी उक्त प्रतियोगितामा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा पुगेको हो । शेख जायद क्रिकेट स्टेडियममा मुम्बईले दिएको १९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १३६ रनमा समेटियो ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १९३ रन बनाएपछि राजस्थानले १९४ रनको लक्ष पाएको थियो । जितका लागि मुम्बईका सूर्यकुमार यादवले अविजित रहँदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान रोहित शर्माले ३५ तथा क्विन्टन डी ककले २३ रन जोडे ।

हार्दिक पाण्डेयले अविजित ३० रन जोड्दा कुर्नाल पाण्डेयले १२ रन बनाए । जितसँगै मुम्बईले ५ खेलमा ८ अंक जोडेको छ । मुम्बईको यो चौथो जित हो । राजस्थानले ५ खेलमा ४ अंक जोडेको छ ।

प्रतिक्रिया
सम्बन्धित