
काठमाडौं, २० असोज । सन् २०२० को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ‘ब्ल्याक होल’ र आकाशगंगा तारापुञ्जको रहस्य पत्ता लगाउने ३ वैज्ञानिकलाई प्रदान गरिने भएको छ ।
मंगलबार स्टकहोममा भएको एक कार्यक्रमकाबीच स्विडिस एकेडेमीले भौतिकशास्त्रीहरु रोजर पेनरोज, राइनहार्ड गेन्जेल र एन्ड्रिया गेजलाई पुरस्कार प्रदान गरिने बताइएको हो ।
पुरस्कारको आधा हिस्सा पेनरोजले पाउनेछन् भने आधा हिस्सा गेन्जेल र गेजले पाउने छन् ।
नोबेल कमिटीका अनुसार पेनरोजलाई ‘ब्ल्याक होल’को बनोट सापेक्षताको सामान्य सिद्धान्तको एक बलियो पूर्वानुमान हो भन्ने कुरा पत्ता लगाए बापत नोबेल पुरस्कार प्रदान गरिएको हो ।
त्यस्तै, गेन्जेल र गेजलाई तारापुञ्ज (ग्यालेक्सी) को केन्द्रमा एउटा ‘सुपर म्यासिभ कम्प्याक्ट अब्जेक्ट’ छ भन्ने कुरा पत्ता लगाएबापत भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको हो ।
पेनरोज बेलायती वैज्ञानिक हुन् भने उनी अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक हुन् । त्यस्तै जर्मन नागरिक गेन्जेल म्याक्स प्ल्यांक इन्स्टिच्युट फर एक्स्ट्राटेरेस्टियल फिजिक्सका निर्देशक हुन् भने बर्कली विश्वविद्यालयका प्राध्यापक हुन् । त्यसै गरी अमेरिकी नागरिक गेज क्यालिफोर्निया विश्वविद्यालयकी प्राध्यापक हुन् ।















प्रतिक्रिया