१ कार्तिक २०८३, आइतबार

महिलालाई बन्धक बनाई हत्या गर्ने हेटौंडाका विनय माझी पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । सिन्धुपाल्चोक कर्थली–३ की ३६ वर्षीया पम्फा श्रेष्ठलाई बन्धक बनाई हत्या गरेको अभियोगमा सिन्धुपाल्चोककै विनय माझी पक्राउ परेका छन् ।

हाल हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्ती गैरीटोल बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–११ बडगाउँका ३५ वर्षीय माझीलाई घटनाको डेढ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको बताएको छ ।

ती महिलालाई २०७६ वैशाख ३० गतेदेखि कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित रमेश श्रेष्ठको टहरोमा बन्धक बनाई २०७६ जेठ ५ गते हत्या गरी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले हेटौंडा महानगरपालिका–१४ नयाँबस्तीबाट पक्राउ गरेको हो ।

साथै विनयले सोमबहादुर राईको नामबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता समेत निकालेको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

विनयलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको उक्त महाशाखाले जनाएको छ ।