
काठमाडौं, २० असोज । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका ९ जना कारोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
मृत्यु हुनेमा ५ जना पुरुष र ४ जना महिला छन् । पछिल्लो २४ घण्टामा तेह्रथुमका ३१ वर्षीय पुरुष, सुनसरीका ६४ वर्षीय पुरुष, काठमाडौंका ५९ र ६० वर्षीया दुईजना महिला, ललितपुरका ६७ वर्षीया महिला तथा ६१ र ७७ वर्षीय दुई जना पुरुष, चितवनका ७० वर्षीय पुरुष र नवलपरासीपूर्वकी ७७ वर्षीया महिलाको मृत्यु भएको हो ।
यो सँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ५६३ पुगेको छ । यो कुल संक्रमितहरुमध्ये ० दशमलव ६२ प्रतिशत भएको मन्त्रालयले जानकारी दिएको छ ।















प्रतिक्रिया