१ कार्तिक २०८३, आइतबार

बलात्कारको घटनालाई मिलापत्र गराउने ६ जना पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, २० असोज । बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका राजेन्द्र बोहराले गरेको अर्को बालात्कारको घटना गाउँमै मिलाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मिलापत्र गर्ने मष्टा गाँउपालिकाका ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेमा २४ वर्षीय झलक दमाई, ४५ वर्षीय लालबहादुर बोहरा, ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरू दमाई र ५५ वर्षीय गल्फे बोहरा छन् ।

उनीहरूले गत साउन २९ गते १४ वर्षीया बालिकामाथि बलात्कार भएको घटनालाई साउन ३१ गते मिलापत्र गराएका थिए ।