
कैलाली, २० असोज । इन्डियन प्रिमियर लिग (आइपीएल) मा सट्टाबाजी गरेको अभियोगमा प्रहरीले एक जनालाइृ पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित प्रितत ट्रेडिङ एन्ड सप्लायर्सका सञ्चालक ३७ वर्षीय सञ्जिव गुप्तालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको बताएको छ ।
आइपीएलमा कुनै खेलाडी आउट भएमा, रन बनाएमा, चौका छक्का भएमा, विकेट गएमा टिमले जितेमा वा हारेमा समेत अनलाइन मार्फत रकम दाउमा लगाई धनगढी बजारका विभिन्न व्यक्तिहरुलाई सट्टाबाजी खेल खेलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सट्टाबाजीमा प्रयोग भएको २ थान मोबाइलसहित उनलाई पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत कैलालीबाट जुवा मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।















प्रतिक्रिया