
काठमाडौं, २० असोज । सामसङको फोल्ड फोन ग्यालेक्सी जेड फोल्ड२ को लागि प्रि–बुकिङ खुला भएको छ ।
रू. २ लाख ४९ हजार ९९९ पर्ने उक्त स्मार्टफोन किन्न चाहनेले ५ हजार रुपैयाँ तिरेर फोन बुक गर्न सक्ने कम्पनीले बताएको छ । यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेरा छ जुन प्रयोगकर्ताले हात वेभ गर्दा सुट हुन्छ ।
यस स्मार्टफोन प्रि–बुकिङ गर्दा रू. १९ हजार ९९९ मूल्यको सामसङ ग्यालेक्सी बड्स लाइभ निःशुल्क पाइनुका साथै ग्राहकहरुले १ पटकका लागि १२ महिनाको ब्रेकेज बीमा समेत पाउने छन् ।
ग्राहकहरुले रू. ५ हजार प्रि–बुकिङका लागि भुक्तानी गर्नुपर्ने छ र बाँकी ह्यान्डसेट पाएपछि भुक्तानि गर्नुपर्ने छ । अघिल्लो समयहरुमा सामसङको फोल्डिङ फोन नेपालमा भित्रिएका थिएनन् ।
सामसङ मोबाइल फोनको नेपालका लागि आधिकारित वितरक आईएमएस ग्रुपले अपग्रेड भर्सनको साथ नेपाली बजारमा उपलब्ध गराउने जनाएको छ ।
स्मार्टडोकोबाट प्रि–बुकिङ असोज २८ गतेसम्म मात्र खुला गरिएको हो ।















प्रतिक्रिया