१ कार्तिक २०८३, आइतबार

राजधानी विवाद : रुपन्देहीका २ हजार भन्दा बढी नेकपा सदस्यद्वारा राजीनामा

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २० असोज । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्तावको विरोध गर्दै रुपन्देहीका २ हजार भन्दा बढीले पार्टी सदस्यबाट राजीनामा दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी सदस्य रहेका रुपन्देहीका २ हजार ३०० जना उद्योगी व्यवसायीहरूले पार्टी सदस्यबाट राजीनामा दिएका हुन् । राजीनामा दिनेहरूमा पार्टीको केन्द्रीय विभागका सदस्यहरू समेत छन् ।

नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकाले उक्त पार्टीमा रहन नसक्ने जनाउँदै राजीनामा दिएको व्यवसायीहरुले बताएका छन् ।

संसदमा पेस भएको राजधानीसम्बन्धी विधेयक फिर्ता लिन उनीहरुले माग गरेका छन् ।