१ कार्तिक २०८३, आइतबार

सोमबार ४०० रुपैयाँले घटेको सुनको मूल्य आज किन भयो उच्च वृद्धि ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । मंगलबार सुन तथा चाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ । तोलामा २० रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ । आज तोकिएको सुन र चाँदीको मूल्य पछिल्लो एक साता यताकै उच्च विन्दु भएको महासंघको भनाइ छ ।